काबुलमा विस्फोट, पाँच जनाको मृत्यु

काबुलमा विस्फोट, पाँच जनाको मृत्यु


अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीन वटा कारलाई लक्ष्य गर्दै भएको तीन वटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । 

मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् । साथै यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरी स्रोतले पुष्टि गरेको छ । 

विस्फोटहरू बिहानको व्यस्त समयमा भएको थियो । पहिलो विस्फोट स्थानीय समय अनुसार शनिबार बिहान ८ बजे भएको थियो । दोस्रो विस्फोट  १५ मिनेट पछि भएको थियो, भने तेस्रो विस्फोटन शनिबार बिहान १०ः२० बजे भएको काबुलका प्रहरी प्रवक्ता फरदौस फारामारसले सिन्ह्वा सामाचार समितिलाई बताएका छन् । 
 
यस समाचारको विस्तृत विवरण प्राप्त नभएको र विस्तृत विवरणको लागि आपराधिक अनुसन्धान विभागसहित एक संयुक्त सुरक्षा टोली खटिएको समाचारमा जनाइएको छ ।रासस

Logo