काठ नियन्त्रणमा लिन चार राउण्ड फायर

काठ नियन्त्रणमा लिन चार राउण्ड फायर


डिभिजन वन कार्यलयले चिरान काठ सहित एउटा पिकप भ्यानलाई नियन्त्रणमा लिएको छ ।  गएराति १२ बजे रौतहटको बागमती सव डिभिजन कार्यालय अन्तर्गतको वन क्षेत्रबाट तस्करी हुँदै गरेको अवस्थामा बा १६ च २२३३ नम्बरको भ्यान नियन्त्रणमा लिएको हो । 

सहायक वन अधिकृत अमरदेव यादवको कमाण्डमा गएको वन गस्ति टोलीले ४६ थान चिरान काठ बरामद गरेको डिभिजन वन कार्यलय रौतहटले जनाएकाे छ । बरामद भएको काठ  ५३.८ क्युफिट रहेको सिंहले जानकारी दिए । 

गाडी नियन्त्रणमा लिनका लागि सशस्त्र वन रक्षकले ४ राउण्ड गोली समेत चलाउनु परेको थियो । तस्कर समुह भने गाडी छाडेर भागेका थिए ।  

Logo