पद्मकन्या कलेजमा पुगेर भद्रगोलका सुवोधले हसाउनु हसाए (भिडियोमा)

चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने क्रममा छ । धुर्मुस(सुन्तली फाउण्डेशनको पहलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण भईरहेको हो । यसको लागि आर्थिक सहयोग संकलन भईरहेको छ ।

क्रिकेट रंगशालाका लागि चर्चित हास्य कार्यक्रम भद्रगोलको सम्पुर्ण टिम पनि सक्रिय रुपमा लागेको छ । काठमाडौंका प्रत्येक कलेजमा रंगशाला निर्माणार्थ सहयोग जुटाउनका लागि भद्रगोलको सम्पुर्ण टोली नै खटिएको छ ।

आज पद्यकन्या कलेजमा उनीहरुले रंगशाला निर्माणार्थ सहयोग कार्यक्रमको आयोजना गरे । त्यसै क्रममा उनीहरुले उपस्थित विद्यार्थीहरुलाई भरपुर मनोरञ्जन दिलाउन सफल भए ।

भद्रगोल टिमका साथसाथै आजको कार्यक्रममा नायक प्रदिप खड्का, गायक कृषल कंणेल लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो । बाँकि भिडियोमा ।