म्यान्मारका विदेशमन्त्री आसिएनका विदेशमन्त्रीहरुको बैठकमा सहभागी

म्यान्मारका विदेशमन्त्री आसिएनका विदेशमन्त्रीहरुको बैठकमा सहभागी


म्यान्मारका विदेशमन्त्री यु वाना मुङ एलविन आसिएन (एसोसिएन अफ साउथ इस्ट एसियन नेसन्स) का विदेशमन्त्रीहरुको  एक भर्चुअल बैठकमा सहभागी भएको समाचारमा जनाइएको छ । मंगलबार भएको सो बैठकमा उनी सहभागी भएको कुरा म्यानमारका सरकारी सञ्चारमाध्यमहरुले जानकारी दिएका सिन्ह्वाले जनाएको छ । उनी राज्य प्रशासन परिषदका प्रमुख तथा म्यानमारको प्रतिरक्षा सेवाका कमाण्डर इन चिफ जनरल मिन अङ एचलाइङद्वारा हालै विदेशमन्त्रीमा नियुक्त भएका हुन् । 

यहाँको सैनिकले गत फेब्रुअरी १ मा सत्ता विद्रोह गरेर म्यान्मारका राष्ट्रपति यु विन मियान्त र राज्य सल्लाहकार तथा विदेशमन्त्री आङ सान सुकीलाई नजरबन्दमा राखेर यहाँ सैनिक शासनको घोषणा गरेको थियो । यहाँको सैनिकले सत्ता हत्याएको छ र गत फेब्रुअरी १ देखि म्यानमारमा सैनिक शासनको घोषणा गर्नुका साथै एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । यहाँको प्रजातान्त्रिक दलका सबैजसो केन्द्रीय तहका नेताहरुलाई यहाँको सरकारले नजरबन्दमा राखेको छ । 

मंगलबार भएको सो भर्चुअल बैठकमा आसिएनका सबैजसो विदेशमन्त्रीहरुले म्यान्मारलाई शान्ति र रचनात्मक कार्यका लागि सहयोग गर्ने बताएका थिए । सो कुरा म्यान्मारका सरकारी सञ्चारमाध्यमले जानकारी दिएका हुन् । रासस

Logo