आज प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

आज प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने


प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले आज एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्दैछन् ।

सरकारले चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा गरेसँगै दिउँसो २ बजे विशेष समारोहका बीच प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्न लागेका हुन् । 

सरकारले २०७५ फागुन २८ गतेबाट चन्द समूहको गतिविधिमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध फुकुवा र चन्द समूह शान्तिपूर्ण मूलधारको राजनीतिमा आउने प्रतिबद्धतापछि अब सरकारले पुर्पक्षका क्रममा कारागारमा रहेका चन्द समूहका नेता-कार्यकर्ता छुटाउन कानुनी प्रक्रिया अघि बढाएको छ ।

प्रहरीका अनुसार विप्लव समूहका २०९८ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । जसमध्ये १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना हिरासतमा छन् । अब उनीहरू छिटै रिहा हुनेछन् । 

Logo