म पार्टीभित्रै बेरोजगार भएँ- बामदेव गाैतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले पार्टीभित्रै आफू बेरोजगार भएको बताएका छन।

चितवनको भण्डारामा आयोजित स्वर्गीय नेता जागृतप्रसाद भेटवालको प्रथम स्मृति सभालाई बिहीबार सम्बोधन गर्दै गौतमले आफूले एक वर्षदेखि कुनै पनि भूमिका नपाएको गुनासो पोखेका हुन्।

कार्यक्रममा  उनले भने,‘एक वर्षदेखि म पार्टीको कुनै भूमिकामा छैन। म पार्टीभित्र बेरोजगार भएको छु।’ गौतमले पार्टी एकता भएको एक वर्ष पुग्न लाग्दासमेत तल्लो तहसम्म संगठनात्मक एकता हुन ढिलाइ भइरहेको बताए।

तत्काल पार्टी एकतालाई पूर्णता दिनुपर्ने बताउंदै उनले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको पनि बताए ।

म पार्टीभित्रै बेरोजगार भएँ- बामदेव गाैतम