उपत्यकामा भएकाे २ दुर्घटनामा परी २ जनाकाे मृत्यु

उपत्यकामा भएकाे २ दुर्घटनामा परी २ जनाकाे मृत्यु


ललितपुरको नख्खुमा कन्टेनरको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। मोटरसाइकलमा पछाडि बसेका एक जना गम्भीर घाइते छन्।

आइतबार राति ९:२५ मा सातदोबाटोतिरबाट आइरहेको खाली कन्टेनरले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा कास्कीका ३७ वर्षीय गणेशप्रसाद अधिकारीको मृत्यु भएको ललितपुर प्रहरीका एसपी प्रज्वल महर्जनले जानकारी दिए।

यता चन्द्रागिरिमा टिप्पर पल्टिँदा एक जनाको घटनास्थलमा नै ज्यान गएको छ । गएराति चन्द्रागिरी नगरपालिका-२ मसिने भीरमा मसिनेबाट ग्राबेल बोकेर बाणभञ्ज्याङका लागि छुटेको प्रदेश २-०३-००१ क ५९९ नम्बरको टिप्पर पल्टिँदा चालक मकवानपुर भीमफेदी-२ का २५ वर्षका विनोद बलको ज्यान गएको प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ । 

नख्खु दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका ललितपुर १४ शोभाहिटीका ३२ वर्षीय रवी श्रेष्ठ गम्भीर घाइते छन्। 

Logo