चार नेपाली खेलाडी आवद्ध मासा ३५–० ले विजयी

चार नेपाली खेलाडी आवद्ध मासा ३५–० ले विजयी


नेपाली राष्ट्रिय टिमका चार खेलाडी आबद्द मासा युनाईटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा फराकिलो जीत निकालेको छ। मंगलबार भएको खेलमा मासा युनाईटेडले कराँची वुमन्सलाई ३५–० गोल अन्तरले पराजित गरेको हो।

नेपाली राष्ट्रिय टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रिएको मासाको यो लगातार तेस्रो जीत हो। 

कराँचीविरुद्ध नेपालकी अनिता केसी एक्लैले १६ गोल गरिन्। यस्तै मिडफिल्डर सरु लिम्बुले १० गोल गरिन् । अरिबाले ३ गोल गरिन् । यस्तै सम्रोज समिरानाले दुई तथा गीता रानाले समान दुई गोल गरिन् । गोलकिपर तथा कप्तान एन्जिलाले समेत २ गोल गरिन्।

पहिलो खेलमा मासा युनाईटेडले सियालकोट सिटीलाई १९–० गोल अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा मासाले हाइयर एजुकेसन कमिसनलाई ४–० गोल अन्तरले हराएको थियो।

Logo