कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन


नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ ।

मष्तिष्कघात भए थापालथीस्थित् नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८ बजेर २४ मिनेटमा मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ। 

गत फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो । मष्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो ।

Logo