त्रिदेशीय फुटबलको उपाधि नेपाललाई

त्रिदेशीय फुटबलको उपाधि नेपाललाई


त्रिदेशीय फुटबलको उपाधि नेपालले जितेको छ । दशरथ रंगशालामा आज नेपाल र बंगलादेशबीच भएको त्रिदेशीय फुटबलको फाइनल खेलमा बंगलादेशलाई २–१ एक गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो । 

नेपालका संजोग राईले १८औं मिनेटमा पहिलो गोल गरेका थिए। यस्तै खेलको ४१ ‌औं मिनेटमा नेपालका विशाल राईले दोस्रो गोल गरेका थिए। पहिलो हाफ सकिंदा नेपाल २ र बंगलादेश शुन्य गोलको अबस्थामा थियो । 

बंगलादेशले खेलको ८२ औं मिनेटमा एक गोल गर्दै गोलअन्तर घटाएको थियो ।

थ्रीनेशन्स कप अन्तर्गत यस अघि भएका दुवै खेलमा नेपालले किर्गिस्तान र बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो।किर्गिस्तानले आत्मघाती गोल गरेर बंगलादेशसँग अंक गुमाएपछि किर्गिस्तान खेलबाट आउट भएको थियो । 

दुवै टिमसँग बराबरी गरेको नेपालले फाइनलमा ठाउँ सुरक्षित बनाएको थियो।

Logo