इटालीमा १ डलरमै घर !

काठमाडौं

१ डलर अर्थात् १ सय १३ रुपैयाँमा के आउला ? नेपालमा सानो परिवारका लागि चारकोठे पक्की घर बनाउनका लागि पनि ३० लाख रुपैयाँको हाराहारीमा खर्च लाग्छ । तर इटालीका दुई गाउँमा १ डलरमै घर बिक्री गर्न थालिएको छ ।

दुई इटायलियन गन्तव्यले समुदायको संख्यामा आएको गिरावटका कारण नयाँ बासिन्दालाई लोभ्याउनका लागि १ डलर भन्दा थोरै बढीमा घरको मूल्य तय गरेको छ । यसका लागि क्रेताको ध्यानाकर्षण गर्न वेबसाइटसमेत लन्च गरिएको छ ।

तपाईंले घरको फोटोमा चिह्न लगाउनका लागि अनलाइन लाइक गर्नुपर्नेछ । तपाईंले उक्त घर भएको स्थानमा जानु भन्दा पहिले नै घर खरिदका लागि आवेदन दिन सक्नुहुनेछ ।

“मैले खरिदकर्तालाई सहयोग गर्नका लागि युवा स्वंयसेवीको विशेष बल तयार गरेको छु,” दुई मध्येका एक गाउँ जुङ्गोलीका मेयर पाओलो कारुसोले बताए । “पारदर्शिता प्रमुख कुरा हो । तर उक्त स्थानको सुन्दरता हेर्न, राम्रा परिकारको स्वाद चाख्न र स्वच्छ हावामा सास फेर्नका लागि मानिस स्वंय नै आउनुपर्छ ।

जुङगोली सानो दुर्गम गाउँ हो । यो चिप्लेकीरा जस्तै आकारको छ । यो नेपल्स र अमाल्फी तट नजिकैको क्यापानिया क्षेत्रमा अवस्थित छ ।
एजेन्सी