सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रधानमन्त्री ओलीको चुनौती (भिडियोसहित)

सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रधानमन्त्री ओलीको चुनौती (भिडियोसहित)


हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौती दिएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित मुलुकका विभिन्न स्थानका १ सय ६५ वटा रणनैतिक महत्वका सडक शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले समर्थन फिर्ता लिन प्रतिपक्ष दलहरुलाई चुनौति दिएका हुन् । उनले संसदीय समितिहरुले अन्धाधुन्ध ढंगले छानविन गर्ने र निक्र्योल नहुँदै काम रोक्न निर्देशन दिने गरेको भन्दै त्यसो नगर्न सचेत समेत गराएका छन् । 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताएका छन् । नेपाली कांग्रेस नुवाकोटद्वारा काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा नेता पौडेलले आवाज उठाएका तीन दलको बीचमा वार्ता गरी समझदारी बनाई सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन संसदमा अविश्वासको प्रस्ताव लैजाने जानकारी पनि दिए । त्यस्तै शनिबार कांग्रेसको केन्द्रिय कमिटिको बैठकले क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ। 

नेकपा (एमाले)को नेपाल–खनाल समूहले दुई महिने ‘पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान’को घोषणा गरेको छ । पार्टी एकता गम्भीर संकटमा रहेको जनाउँदै समूहले २०७५ जेठ २ लाई आधार मानेर एकतामा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई आह्वान गरेको हो । बैठकले अभियानका क्रममा अधिवेशन÷महाधिवेशनबाट आएका र २०७५ जेठ २ मा कायम भएका कमिटीहरुको पुनः सञ्चालन तथा आवश्यकता अनुसार गठन पुनर्गठन हुने निर्णय पनि गरेको छ । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै नयाँ सरकार गठन हुने बताएका छन्। शनिबार कपिलवस्तुको तौलिहवामा आयोजित जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले शुक्रबारको कांग्रेसको निर्णयले राजनीतिले कोल्टे फेरेको भन्दै छिट्टै नयाँ सरकार बन्ने बताएका हुन्। 

कालीमाटी फलफूल तथा तरकारी बजारभित्र अब किसानले पनि आफ्नो उत्पादन आफैं विक्री वितरण गर्न पाउने भएका छन्। किसानले आफ्नो उत्पादन सिधै बजारमा ल्याएर विक्री नगरी बिचौलियामार्फत बिक्री गर्नुपर्दा उनीहरु ठूलो मारमा थिए । त्यसका लालि कालीमाटीमा १२ वटा स्टल सञ्चालनमा रहनेछन् । किसानले साँझ ७ बजेदेखि भोलिपल्ट दिनको दिउँसो ४ बजेसम्म आफूले उत्पादन गरेको तरकारी विक्री गर्न पाउने छन् । 

Logo