समसामयिक राजनीति र क्षेत्रगत समस्याबारे सरकारलाई ध्यानाकर्षण

समसामयिक राजनीति र क्षेत्रगत समस्याबारे सरकारलाई ध्यानाकर्षण


सांसदहरुले समसामयिक राजनीति र क्षेत्रगत समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसद लालकाजी गुरुङले प्रतिनिधिसभालाई व्यवस्था गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राजा महाराजाभन्दा महान ठान्ने गरेको आरोप लगाए ।
 
सांसद लालबहादुर थापाले गत साउन ४, २५ र भाद्र २ गतेको बाढी र पहिरोले बाजुरा जिल्लाका विभिन्न नगरपालिकाका वडाहरुमा खेतीयोग्य भूमी बगाएको र कयौं विस्थापित भएको भन्दै विस्थापित परिवारलाई पुर्नस्थापना गरी उचित राहतको व्यवस्था गर्न माग गरे । सांसद बिमला विश्वकर्माले ३ बर्षको अवधिमा सरकारले गरेका कामहरुको स्वागत गरिन् ।
 
सांसद सरलाकुमारी यादवले नेपालबाट दैनिक बालबालिका हराउने क्रम बढ्दै गएको भन्दै आफ्ना नागरिकको जीवनको सुरक्षा गर्नु राज्यको दायित्व भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।
 
सांसद सरिताकुमारी गिरीले बालविकास केन्द्रहरुमा कार्यरत शिक्षकहरुले श्रम ऐन अनुसार पारिश्रमिक नपाएको भन्दै आगामी बजेटमा ती शिक्षकका लागि उचित पारिश्रमिकको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

Logo