बालुवाटारको सुरक्षामा खटिएका २८ सेनामा कोरोना सङ्क्रमण

बालुवाटारको सुरक्षामा खटिएका २८ सेनामा कोरोना सङ्क्रमण


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना सङ्क्रमण भएको छ । शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका उनीहरुको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

यसैगरी प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षामा खटिएका नेपाली सेनाका २८ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार प्रधानमन्त्री निवासमा खटिए तापनि प्रधानमन्त्रीको प्रत्यक्ष सम्पर्कमा नरहेका सेनाका २८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना पुष्टि भएका सुरक्षाकर्मीका स्थानमा अन्य सुरक्षाकर्मी बदली गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।रासस

Logo