प्रधानमन्त्रीका सल्लाहकार र स्वकीय सचिवलाई कोरोनादेखि सार्वजनिक यातायातमा यात्रु घटेसम्म (भिडियोसहित)

प्रधानमन्त्रीका सल्लाहकार र स्वकीय सचिवलाई कोरोनादेखि सार्वजनिक यातायातमा यात्रु घटेसम्म (भिडियोसहित)


काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरु मध्ये उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै प्रधानमन्त्री निवास वालुवाटार पनि जोखिमयुक्त बनेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकार र स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना सङ्क्रमण देखिएपछि उनलाई मेरिल्यान्ड राज्यको वाल्टर रिड मेडिकल सेन्टर सैन्य अस्पतालमा भर्ना गरिएको छ । आफूलाई कोरोना लागेको राष्ट्रपति ट्रम्पले एक ट्वीटमार्फत् जानकारी गराएका अस्पतालबाटै नियमित काममा जुट्ने बताएका छन् ।

कोरोना भाइरस असरका कारण सार्वजनिक यातायात खुले पनि यात्रुको चहलपहल नहुँदा सार्वजनिक यातायात व्यावसायमा उत्साह छैन । बन्दाबन्दी र निषेधाज्ञापछि, असोज १ देखि खुला गर्ने निर्णय गरे पनि यात्रा गर्ने यात्रु नहुँदा लामो दुरीका सवारी रित्तै गुडिरहेका छन् ।

यस्तै धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सञ्चालन गर्नका लागि आज परीक्षण उडान गरिएको छ । समिट एयरले आज धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गरेको हो । परीक्षण उडानको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उदघाटन गरेका छन् ।

यता सरकारले गरेका राजनीतिक नियुक्ति लगायत विषयमा छलफल गर्न शनिबार पार्टी सचिवालय बैठक बोलाइएको नेकपा सचिवालय बैठक स्थगित भएको छ । यता , नेकपा पाँच नम्बर प्रदेश संसदीय दलको बैठकले प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावमा सर्वसम्मत मतदान गर्ने निर्णय गरेको छ । थप समाचार हेरौं यो भिडियोमा :

 

 

Logo