आईपीएल मुम्बईलाई २०२ रनकाे लक्ष्य

आईपीएल मुम्बईलाई २०२ रनकाे लक्ष्य


इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दशौं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई २०२ रनको विशाल लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०१ रन बनायो । बैंगलोरको विशाल पालीमा तीन जना ब्याट्सम्यानले अर्धसतक बनाए । एबी डी भिलियर्स २४ बलमा ५५ रनमा अविजित रहे । शिवम दुबे १० बलमा २७ रनमा अविजित रहे ।

बैंगलोरलाई ओपनर आरोन फिन्च र देवदत्त पाडिक्कलले ९ ओभर सम्म ८१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । ट्रेन्ट बोल्टको नवौं ओभरको अन्तिम बलमा फिन्च काइरन पोलार्डबाट ५२ रनमा क्याच आउट भए ।

ट्रेन्ट बोल्टले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । स्पिनर राहुल चहरले ४ ओभरमा ३१ रन खर्चेर एक विकेट लिए । बैंगलोरले अन्तिम दुई ओभरमा मात्र ३७ रन जोड्यो।

Logo