इरानमा कोरोना महामारीको तेस्रो चरण सुरु

इरानमा कोरोना महामारीको तेस्रो चरण सुरु


इरानमा कोरोनाभाइरसको महामारीको तेस्रो चरण सुरु भएको छ ।

सरकारी अधिकारीहरुले देशको ३२ प्रान्तलाई खतरापूर्ण क्षेत्रका रुपमा घोषणा गरिएको जानकारी दिएका छन् ।

मध्यपूर्वका देशमध्ये इरान कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित देशमा पर्दछ । यहाँ आइतबार थप १९५ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ ।

इरानमा कोरोनाका कारण अहिलेसम्म २५ हजार ५८९ जनाको मृत्यु भएको छ । गत फेबु्रअरीमा पहिलो चरणको महामारी फैलिँदा दैनिक ३५ हजारभन्दा बढी सङ्क्रमित भएका थिए । त्यतिबेला दुई महिनामा दुई सयको मृत्यु भएको थियो ।

Logo