काँग्रेस विवाद : पौडेल समूहको विरोधपत्र दर्तामा अलमल

काँग्रेस विवाद : पौडेल समूहको विरोधपत्र दर्तामा अलमल


काठमाडौं ।

नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउन तयार पारेको विरोधपत्रमा कृष्ण सिटौला समूहले हस्ताक्षर गर्न अस्वीकार गरेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सो विरोधपत्र तयार पारेको थियो । विरोधपत्रमा सिटौला समूहको हस्ताक्षर जुटाएर देउवालाई दबाब दिन पौडेल समूहले ठूलै प्रयास गरेको थियो । पौडेल समूहको विरोधपत्रमा सिटौला समूहले हस्ताक्षर नगर्ने बताएपछि विरोधपत्र दर्तामा अलमल देखिएको छ ।

आइतबार पौडेल निवास बोहोराटारमा भएको भेटमा वरिष्ठ नेता पौडेलले विरोधपत्रमा हस्ताक्षर गरेर पार्टीलाई विधान अनुसार हिँडाउन सिटौलालाई आग्रह गरेका थिए । सो आग्रहलाई अस्वीकार गर्दै विरोधपत्रमा आफ्नो समूहले हस्ताक्षर नगर्ने सिटौलाले बताएका थिए ।

सिटौला समूहले हस्ताक्षर नगरेपछि आइतबार पार्टी कार्यालयमा दर्ता गर्ने भनिएको विरोधपत्र दर्ता गरिएको छैन । समायोजन, क्रियाशील सदस्यता, विभागहरु गठन, भ्रातृ तथा शुभेच्छुक संस्थाको मुद्दा अघि सारेर पौडेल समूहले तयार गरेको विरोधपत्रमा पौडेलसहित महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पनि हस्ताक्षर गरेका छन् ।नेपाल समाचारपत्रबाट

Logo