कैलालीमा सकृय संक्रमितकाे संख्या ५३१ जना

कैलालीमा सकृय संक्रमितकाे संख्या ५३१ जना


सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड-१९ का सक्रिय संक्रमित बिरामी बढ्दै गएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दश दिनअघि प्रदेशमा ६९८ जना सक्रिय संक्रमित रहेकोमा आज यो सङ्ख्या कूल एक हजार ८५ पुगेको छ ।

सबैभन्दा बढी प्रभावित प्रदेशको राजधानी जिल्ला कैलालीमा सक्रिय संक्रमित ५३१ जना छन् । यसैगरी सक्रिय संक्रमित बिरामी अछाममा १३० बैतडीमा ८० बझाङमा ११३, डडेलधुरामा ११, दार्चुलामा ३५, डोटीमा १३८ र कञ्चनपुरमा ४७ संक्रमित हुँदा बाजुरामा यसको दर आज शून्यमा झरेको छ । पछिल्लो २४ घण्टामा प्रदेशका कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछामका गरी थप ९८ जनामा कोभिड—१९ संक्रमणको पुष्टि भएको छ । २४ घण्टमा संक्रमण पुष्टि हुनेको सङ्ख्या २५ दिनयता सबैभन्दा बढी हो ।

योसँगै प्रदेशमा कूल संक्रमित छ हजार ९८२ जना पुगेका छन् । आजसम्म उपचारपछि पाँच हजार ८८३ जना संक्रमण निको भएर घर फर्केका छन् । संक्रमितमध्ये सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका व्यक्ति रहेका छन् । सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Logo