एसिडपीडितलाई सरकारी राहत: जीवनभर उपचार, निःशुल्क शिक्षा, तालिम र रोजगारी

एसिडपीडितलाई सरकारी राहत: जीवनभर उपचार, निःशुल्क शिक्षा, तालिम र रोजगारी


सरकारले एसिड आक्रमणमा परी घाइते भएका सबैकाे जीवनभरको उपचार गर्ने भएको छ।

सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार एसिड आक्रमणमा परेकाहरूका लागि सबै औषधिसमेत सरकारले नै व्यवहोर्ने व्यवस्था गरिएको छ । यस्तै एसिड आक्रमणमा परी घाइते भएकाहरूका लागि निःशुल्क शिक्षा उपलब्ध गराउने समेत निर्णय भएको उनले जानकारी दिए।

सरकारले एसिड पीडितहरूको क्षमता विकास तथा सिप विकासका लागि तालिमका अवसर मिलाउने र योग्यता अनुसारका रोजगारी उपलब्ध गराउने समेत निर्णय भएको उनले उल्लेख गरे।

यस्तै पेसा व्यवसाय तथा स्वरोजगार हुन चाहनेका लागि सहुलियत पूर्ण ऋण उपलब्ध गराउनेसमेत निर्णय भएको छ।

Logo