नेपालमा कोरोना संक्रमितको संख्या ५५,३२९, आज १,१७० जना थपिए

नेपालमा कोरोना संक्रमितको संख्या ५५,३२९, आज १,१७० जना थपिए


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ५५,३२९ पुगेको छ । आज १,१७० जना थपिएका छन् । आइतबार १,०३९ जना थपिएका थिए । शनिबार १,२०१ जना थपिएका थिए । यस्तै शुक्रबार १,४५४ जना थपिएका थिए ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ । आज निको हुनेको संख्या ८७९ छ । आइतबार १,१७३ जना निको भएका थिए । शनिबार ८५२ जना निको भएका थिए । यस्तै शुक्रबार ९७२ जना निको भएका थिए । आज १०,८७८पिसिआर गरिएको थियो । आज सक्रिय संक्रमितको संख्या १५,३९३ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ । आज मात्र १५ जनाको मृत्यु भएको छ । शुक्रबार ५ जनाको मृत्यु भएको थियो । शनिबार १४ जनाको मृत्यु भएको थियो । आइतबार ९ जनाको मृत्यु भएको थियो ।

Logo