विवादका बीच प्रकाश सपुतको ‘पिर…’ले तीन दिनमै कमायाे ५६ लाख बढी भ्युज (भिडियाे)

विवादका बीच प्रकाश सपुतको ‘पिर…’ले तीन दिनमै कमायाे ५६ लाख बढी भ्युज (भिडियाे)


प्रकाश सपुतको नयाँ गीत ‘पिर…’ विवादित बनेको छ। शुक्रबार उनको आफ्नै युट्युबमार्फत सार्वजनिक भएको गीत विवादित बनेको हो। यद्यपी याे समाचार तयार पार्दासम्म गीतलाई ५६ लाख ३ हजार ४७४ जनाले हेरिसकेका छन् भने युट्युबकाे ट्रेन्डिङ एक मा छ। 

माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्‍याएको तर सोझासाझाले भने सास्ती भोग्नुपरेको कथा भिडियाेमा देखाउन खोजिएको छ।

माओवादी सशस्त्र द्वन्द्वमा सहभागी माओवादी लडाकुहरू द्वन्द्वपछि कस्तो स्थितिमा छन् भनेर पिरमा देखाउन खोजिएको प्रकाश सपुतले बताएका छन्। भिडियाेमा एउटा सशस्त्र द्वन्द्वमा सहभागी लडाकुका एक जोडी देशमा काम गर्न नसकेर विदेश जान बाध्य परेको र विदेशमा बन्धक बनेको कथाले पनि छ ।

केहीले गीतले राम्रो कथा उठाएको भनेर प्रशंसा गरेका छन् भने केहीले एकतर्फी कथा बनेको भन्दै गायक सपुतको विरोध गरेका छन् । विशेषतः माओवादी नजिक रहेकाहरूले गीतको शब्द र भिडियाेमा सम्पादन आवश्यक रहेको भन्दै विरोध गरेको जनाएका हुन् । तर यो गीतले राम्रो कथा तथा सामाजिक अवस्थाको उत्कृष्ट प्रस्तुति गरेको भन्दै प्रशंसा गर्नेहरू पनि छन् ।

भिडियाेमा प्रकाश सपुतसँगै नायिका सुरक्षा पन्त देखिएकी छन्। आरन प्रोडक्सनले उत्पादन गरेको गीतमा प्रकाश सपुतको आवाज छ भने सम्झना भण्डारीले पनि स्वर भरेकी छन् । शब्द र संगीत प्रकाश सपुतको नै रहेको गीतको भिडियाेको कथा तथा निर्देशन पनि उनैले गरेका हुन् ।

 

Logo