पिएनजीविरुद्ध दोस्रो एक दिवसीय खेलः नेपालको दाउ शृंखला बराबर

पिएनजीविरुद्ध दोस्रो एक दिवसीय खेलः नेपालको दाउ शृंखला बराबर


पपुवा न्युगिनी (पिएनजी)विरुद्ध दोस्रो एक दिवसीय खेलमा मैदान उत्रँदा नेपाल जितसहित दुई खेलको शृंखला बराबरी गर्ने लक्ष्यमा हुनेछ। शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न पहिलो एक दिवसीय खेलमा नेपाल पिएनजीविरुद्ध ६ रनले पराजित भएको थियो। 

पिएनजीले प्रस्तुत गरेको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८६ मात्र बनाउन सक्यो। 

मध्यक्रमका ब्याटर रोहित पौडेलले १२६ रनसहित टोलीलाई जितनजिक पुर्याए पनि नेपालले सुखद् नतिजा भने ल्याउन सकेन। हालै युएईमा सम्पन्न आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले युएईसँग दुवै खेल गुमाएको थियो भने पिएनजीलाई दुवै खेलमा हराएको थियो।

सो भ्रमणमा देखिएको शीर्ष ब्याटर नटिक्ने समस्याले शुक्रबार पिएनजीविरुद्ध पनि निरन्तरता पाएको थियो । आज दोस्रो खेलमा पिएनजीको सामना गर्दा नेपाल शीर्ष क्रमका ब्याटर चलेको हेर्न चाहन्छ। 

यो शृंखला लगत्तै नेपालले पिएनजी र मलेसिया सम्मिलित त्रिकोणात्मक ट्वान्टी २० खेलको शृंखला आयोजना गर्दैछ।

Logo