सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस श्रेष्ठलाई आज अनुमोदन गरिँदै

सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस श्रेष्ठलाई आज अनुमोदन गरिँदै


सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस तीलप्रसाद श्रेष्ठलाई संघीय संसद्को संसदीय सुनवाइ समितिले आज अनुमोदन गर्दै छ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश श्रेष्ठको नाममा समितिले आह्वान गरेकोे समयसीमाभित्र कुनै पनि उजुरी नपरेपछि सुनवाइ समितिको आजको बैठकले अनुमोदन गर्न लागेको हो ।

समितिको बैठकमा आमन्त्रण गरेर स्वतः अनुमोदन भएको निर्णय सभापति लक्ष्मणलाल कर्णले सुनाउने कार्यक्रम तय भएको छ । संसदीय सुनवाइको प्रचलन आएपछि कुनै पनि उजुरी नपरेका श्रेष्ठ सर्वोच्च अदालतका लागि एक्ला न्यायाधीश हुन् ।

Logo