आईपीएल फाइनलले गर्दा ‘स्टुडेन्ट अफ द एयर २’ को व्यापारमा नोक्सान

एजेन्सी । फिल्म ‘स्टुडेन्ट अफ द एयर २’ ले भारतीय बक्स अफिसमा अपेक्षा गरेको भन्दा निकै कम व्यापार गरेको छ । ‘स्टुडेन्ट अफ द एयर २’ ले पहिलो दिनमा १२.०६ करोडको कलेक्शन गरेको थियो ।

शनिबार १४.०२ करोडको कलेक्शन गरेको यस फिल्मले आईतबार आईपीएलको फाइनल भएकोले गर्दा कम व्यापार गरेको छ । तेस्रो दिन यस फिल्मले १२.७५ करोडको व्यापार गरेको थियो । करण जोहर निर्मित फिल्मले ३ दिनमा ३८.८३ करोडको व्यापार गरेको बताइएको छ ।

पुनित पाण्डे निर्देशित फिल्म स्टुडेन्ट अफ द एयर २ मा टाइगर श्राफ, अनन्या वाण्डे र तारा सुतारिया मुख्य भूमिकामा छन् । २०१२ मा प्रदर्शन भएको फिल्म ‘स्टुडेन्ट अफ द एयर’ ले भने भारतीय बक्स अफिसमा राम्रो व्यापार गरेको थियो ।