सांसद महेश बस्नेत र उत्तराखण्डका मुख्यमन्त्रीबीच भेटघाट, नेपाल भ्रमणको निम्तो

सांसद महेश बस्नेत र उत्तराखण्डका मुख्यमन्त्रीबीच भेटघाट, नेपाल भ्रमणको निम्तो


भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र नेकपा एमाले सांसद महेश बस्नेतबीच भारतको देहराधुनमा भेटघाट भएको छ । भारतीय जनताको पार्टीको तर्फबाट मुख्यमन्त्री बनेका धामीसँग बस्नेतको भेटमा दुबै देशको हकहितका बारेमा छलफल भएको हो । उनीहरुले एकअर्कालाई तुलसीको बिरुवा दिएका थिए । 

भारतको उत्तराखण्ड र नेपालको सुदूरपश्चिम क्षोत्रमा धार्मिक पर्यटन विकासबारे छलफल भएको थियो । मुख्यमन्त्री धामी पशुपतिनाथले डोलेश्वर महादेवको दर्शन गर्न नेपाल आउने इच्छा व्यक्त गरेका छन् । मुख्यमन्त्रीको सचिवालयका अनुसार पूर्वमन्त्रीसमेत रहेका बस्नेतले नेपाल भ्रमण गर्न दिएको निम्तो धामीले स्वीकार गरेका थिए ।

Logo