थिमीस्थित स्यानटरी गोदाममा आगलागी हुँदा कराडौँको क्षति

थिमीस्थित स्यानटरी गोदाममा आगलागी हुँदा कराडौँको क्षति


मध्यपुर थिमी नगरपालिका-५ कमेरोटारस्थित ग्रिनवेयर स्यानिटरी गोदाममा भीषण आगलागी भएको छ ।  

स्थानीय राजन प्रजापतिको स्यानिटरी गोदाममा आगलागी भएको हो । प्रारम्भिक अनुसन्धनमा करिब रु छ करोड बराबरको क्षति भएको उनको भनाइ छ । राति शुरु भएको आगो जुद्ध बारुणयन्त्र भक्तपुर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज बिहान मात्रै नियन्त्रणमा लिएको थियो।

महानगरीय प्रहरी वृत्त थिमीका नायब उपरीक्षक हरिनन्दन चौधरीले गोदामभित्र रहेको अधिकांश केमिकल, मेसिनरी सामान जलेर नष्ट भएको जानकारी दिए ।

Logo