९ जनामा कोरोना संक्रमण पुष्टि, २११ जना सक्रिय संक्रमित

९ जनामा कोरोना संक्रमण पुष्टि, २११ जना सक्रिय संक्रमित


पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर ४ हजार २५५ नमूना परीक्षण गर्दा ९ जनामा मात्र  कोरोना संक्रमण पुष्टि भएको हो । 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १८ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २११ जना सक्रिय संक्रमित रहेका छन् ।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १६ हजार १० रहेको छ। 

Logo