नेपालविरुद्ध जिम्बाब्वे टस जितेर फिल्डिङ गर्दै

नेपालविरुद्ध जिम्बाब्वे टस जितेर फिल्डिङ गर्दै


नेपाल र जिम्बाब्वे 'ए' बीचको पहिलो एक दिवसीय खेल आजबाट सुरु भएकाे छ। कीर्तिपुरस्थित टियु मैदानमा हुने खेलमा भ्रमणकारी टोली जिम्बाब्वेले टस जितेको छ। र उसले फिल्डिङ गर्ने निर्णय लिएको छ।

जिम्बाब्वेले टस जितेसँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले सुरुवाती ब्याटिङ गर्ने भएको छ। 

जिम्बाब्वेविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआतको लक्ष्यमा हुनेछ। गत साता शनिबार नै नेपाल र जिम्बाब्वेबीचको तीन एक दिवसीय खेलको शृंखलाको तालिका रहेको थियो। तर लगातारको वर्षाका कारण पहिलो एक दिवसीय खेल सम्भव भएन । 

त्यसलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले एक दिवसीय शृंखलाको तालिका परिवर्तन गर्दै पहिला तीन ट्वान्टी-२० शृंखला आयोजना गरेको थियो ।

तीन ट्वान्टी-२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भयो । दोस्रो खेल वर्षाका कारण सम्भवना भएन। बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा आठ विकेटको जितसहित नेपालले शृंंखलामा १-१ को बराबरी गरेको थियो।

नयाँ तालिका अनुसार आजबाट तीन एक दिवसीय शृंंखलाअन्तर्गतको पहिलो खेल आयोजना हुन लागेको हो। 

Logo