बाबुको मृत्यु भएपछि छोरालाई वडाध्यक्षको टिकट

बाबुको मृत्यु भएपछि छोरालाई वडाध्यक्षको टिकट


नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका-१७ को वडा अध्यक्ष पदमा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ । प्रदिप चौधरी लबरु चौधरीका छोरा हुन् ।

एमालेको तर्फबाट वडा अध्यक्षको पदमा उम्मेदवार भएका लबरुको मंगलबार मृत्यु भएपछि उनको ठाउँमा छोरालाई उम्मेदवार बनाएको छ ।

उनले आज मनोनयन दर्ता गराएका हुन । लबरुको निधन भएपछि निर्वाचन आयोगले त्यस वडाको निर्वाचन ३ जेठमा गर्ने जनाएको छ ।

Logo