लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा माओवादीका मेजर राई निर्वाचित

लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा माओवादीका मेजर राई निर्वाचित


उदयपुर उदयपुरको लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार मेजर राई निर्वाचित भएका छन् । 

आइतबार दिउँसो सकिएको मतगणनामा उपाध्यक्ष गठबन्धनबाट कांग्रेसका उम्मेदवार पुष्पलाल राई निर्वाचित भएका हुन् ।

मतगणना परिणामअनुसार अध्यक्ष राईले २ हजार ५१ मत प्राप्त गरेका छन् । उनले प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का उम्मेदवार राजकुमार राईलाई ४ सय ६२ मतान्तरले पराजित गरेका हुन् । पराजित राईले १ हजार ५ सय ८९ मत ल्याएका छन् । अध्यक्ष निर्वाचित राई २०७४ सालमा १ हजार ३ सय ७० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए ।

उपाध्यक्ष निर्वाचित राईले १ हजार ९ सय ३३ मत ल्याएका छन् । उनकी प्रतिद्वन्द्वी नेकपाएमालेकी देविकुमारी कार्कीले १ हजार ७३ मत ल्याएकी छन् ।

५ वटा वडा रहेको लिम्चुङबुङ गाउँपालिकामा क्रमशः माओवादीका जनदिप थापामगर, माओवादीकै जितेन राई, स्वतन्त्र गुरुमणि कुमाई, जनता समाजवादी पार्टीका क्षत्रबहादुर राई र नेपाली कांग्रेसका कविचन्द्र राई निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Logo