काठमाडौं १ को वडाध्यक्षमा एमाले विजयी हुँदा वडासदस्य तीन जना कांग्रेसका

काठमाडौं १ को वडाध्यक्षमा एमाले विजयी हुँदा वडासदस्य तीन जना कांग्रेसका


काठमाडौं महानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा भरतलाल श्रेष्ठ निर्वाचित भएका छन् । उनी ६२२ मतका साथ निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत ल्याएका छन् ।

लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठले ४४१ मत पाएका छन् । राप्रपाका किरोजमान डंगोलले २२८ मत पाएका छन्।

खुला वडा सदस्यमा कांग्रेसका रोशन श्रेष्ठ र शुभरत्न नेपाली, महिला सदस्यमा एमालेकी रसला तण्डुकार र दलित महिला सदस्यमा कांग्रेसकी मिना सुनार विजयी भएकी छन् ।

Logo