पोखरामा धनराज १४४८ मतले अगाडि

पोखरामा धनराज १४४८ मतले अगाडि


पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका धनराज आचार्यले १ हजार ४४८ मतको अग्रता बनाएका छन् । 

२२ हजार ४६० मतगणना हुँदा एमालेका कृष्णबहादुर थापाभन्दा गठबन्धनतर्फ नेकपा एकीकृत समाजवादीका आचार्यले १ हजार ४४८ मतको अग्रता कायम गरेका हुन् । आचार्यले ९ हजार ४०२ र थापाले ७ हजार ९५४ मत पाएका छन् । 

राप्रपाका शंकर खरालले १ हजार ८० र स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले ५ सय ४८ मत ल्याएका छन् ।

उपमेयरमा गठबन्धनकी उम्मेदवार कोपिला रानाभाट ६ सय ३९ मतले अगाडि छिन् । कांग्रेसकी कोपिलाले ९ हजार ६७९ मत र एमालेकी मञ्जुदेवी गुरुङले ९ हजार ४० मत ल्याएकी छन् ।

राप्रपाकी रञ्जना सेन पौडेलले ९ सय १९ मत ल्याएकी छन् । पोखरामा २ लाख ७ हजार ७१२ मतदाता रहेकोमा १ लाख ४३ हजार २२६ मत खसेको थियो ।
 

Logo