हालसम्म ४२५ पालिकाको अन्तिम परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?

हालसम्म ४२५ पालिकाको अन्तिम परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?


स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत ४२५ पालिकाको मत परिणाम सार्वजनिक भएको छ। 

अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपा र केही स्वतन्त्रले पालिका अध्यक्ष जितेका छन्।

पछिल्लो विवरणअनुसार कांग्रेसले १९७, एमालेले १२१, माओवादी केन्द्रले ८३, नेकपा एकीकृत समाजवादीले ७, जसपा ५, राप्रपा १ र ११ पालिका प्रमुख स्वतन्त्र उम्मेदवारले जितेका छन् । 

मतगणना जारी रहेको स्थानमध्ये प्रमुखतर्फ कांग्रेस अगाडि छ। उसले १२२ पालिकामा अग्रता लिएकाे छ। एमालेले ७५, माओवादी केन्द्रले ३२, जसपाले २८, लाेसपा १० र एकीकृत समाजवादीले १५ पालिकामा अग्रता लिएका छन् । अन्य उम्मेदवारले १६ पालिकामा अग्रता लिएका छन् ।

Logo