विराटनगरमा नागेश कोइरालाको अग्रता कायम

विराटनगरमा नागेश कोइरालाको अग्रता कायम


विराटनगर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार नागेश कोइरालाले फराकिलो मतान्तरसहित अग्रता लिइरहँदा उपमेयरमा भने गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादव भारी मतले पछि परेका छन् । यादव जसपा अध्यक्ष उपेन्द्रका छोरा हुन् । 

अहिलेसम्म ५५ हजार २ सय १९ मतगणना हुँदा नागेशमा १७ हजार ८ सय ९५ मत पाएका छन् । एमालेका सागर थापा १२ हजार ९ सय ७४ मतका साथ उनको पछि लागेका छन् । उपमेयरमा गठबन्धनका यादवले ९ हजार १ सय ७७ मत पाउँदा एमालेकी शिल्पा कार्कीले १५ हजार ४० मतका साथ अग्रता लिइरहेकी छन् ।  

Logo