लगातार १० पटक चुनाव जितेका व्यञ्जनकार ११औँ पटकमा भतिजसँग पराजित

लगातार १० पटक चुनाव जितेका व्यञ्जनकार ११औँ पटकमा भतिजसँग पराजित


ललितपुर महानगरपालिकाको वडा नं १० मा लगातार १० पटकसम्म वडाध्यक्ष चुनिएका नरसिंह व्यञ्जनकार ११औँ पटकमा पराजित भएका छन्।

नरसिंह व्यञ्जनकार यसअघिसम्म लगातार १०औँ पटकसम्म वडाध्यक्षमा दोहोरिँदै आएका थिए। तर, यसपटकको चुनावमा भने उनी पराजित भए। उनलाई नेपाली कांग्रेसका रविनमान व्यञ्जनकारले हराएका हुन्। रविनमानले ८२५ मत ल्याउँदा उनले ५४३ मत ल्याए ।

नरसिंहले २०२९ सालमा पहिलोपटक वडाध्यक्षमा आफ्नै भाइ (माइलाबाका छोरा) कर्मलाल व्यञ्जनकारलाई पराजित गरेका थिए। ८१ वर्षीय नरसिंह व्यञ्जनकारलाई यसपटक हराउने कांग्रेसका रविनमान नाताले उनकै भतिज हुन्।

Logo