विराटनगरमा नागेश कोइराला ६ हजार ४८७ मतान्तरले अग्रस्थानमा

विराटनगरमा नागेश कोइराला ६ हजार ४८७ मतान्तरले अग्रस्थानमा


विराटनगर महानगरपालिकामा मत गणना जारी छ। गठबन्धनका तर्फबाट यहाँको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले हालसम्म २५ हजार ३१२ मत प्राप्त गरेका छन् । 

नागेश कोइराला र एमालेका सागरकुमार थापावीचको मतान्तर ६ हजार ४८७ मत रहेको छ। उनलाई पछ्याइरहेका थापाले १८ हजार ८३५ मत ल्याएका छन् । 

यो महानगरको उपमेयर पदमा भने एमाले अगाडि छ। एमालेकी उम्मेदवार शिल्पा कार्कीले हालसम्म २२ हजार १४ मत ल्याएकी छन् भने जसपाका आरेन्द्र यादवले १२ हजार ३६६ मत प्राप्त गरेका छन्।

Logo