ग्याँस सिलिण्डर पड्किँदा सात जना घाइते, दुईको अवस्था गम्भीर

सिमरा,

जीतपुरसिमरा उपमहानगरपालिका १४ डुमरवानामा रहेको स्याउली बजारमा ग्याँस सिलिण्डर पड्किँदा एकै परिवारका ४ सहित सात जना घाइते भएका छन् ।

स्थानीय नजरमान थिङ्गको घरमा शुक्रबार बिहान साढे ८ बजे पाहुनाको लागि चिया पकाउन ग्याँस बाल्ने क्रममा सिलिण्डर पड्किँदा परिवारका चारसहित सात जना घाइते भएका हुन् । थिङ्गकी बुहारी ज्ञानीमायाले ग्याँस सकिएपछि नयाँ सिलिण्डरमा रेगुलेटर जोडन नसकेको जानकारी गराएको र बाहिर रहेका सबैजना भान्छामा पुगेर बाल्ने क्रममा सिलिण्डर विष्फोट भएको बारा प्रहरीले जनाएको छ ।

ग्यास लिक भई आगलागी हुँदा जलेर घाइते भएका एकै परिवारका ४ सहित पाँच गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

शरीरको अधिकांश भाग जलेका उनीहरुको अवस्था गम्भिर बन्दै गएपछि नेपाली सेनाको हेलिकप्टर र बुद्ध एयरको विमानबाट काठमाडौं लगिएको हो । डुमरवानास्थित स्याउली बजारमा शुक्रबार बिहान ग्यास लिक भई आगलागी हुँदा एकै परिवारका चारसहित सातजना घाइते भएका थिए ।

ग्याँस सिलिण्डर पड्किँदा सात जना घाइते, दुईको अवस्था गम्भीर