कस्तो होला आज, भोलि र पर्सीको मौसम ? यस्तो छ पूर्वानुमान

कस्तो होला आज, भोलि र पर्सीको मौसम ? यस्तो छ पूर्वानुमान


काठमाडौँ। हाल देशभरका प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशमा पूर्णतया बलदी र बांकी प्रदेशहरुमा आंशिकदेखि सामान्यतया बदलीको आवस्था रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा  नेपालभन्दा केहि पर दक्षिण तर्फ अवस्थित छ । जारी पूर्वानुमानमा महाशाखाले  प्रदेश नं १, बाग्मती प्रदेश,  गण्डकी प्रदेश,  प्रदेश नं ५ र  सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

यसैगरी, शनिबार दिउँसो देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, प्रदेश १ ,बाग्मती प्रदेश र सुदुर पश्चिम प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, शनिबार राती देशभर सामान्यतया बदली रही  केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै  प्रदेश १, गण्डकी प्रदेश, तथा  प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Logo