भोटोजात्रा नहुनेदेखि राष्ट्रिय खेल भलिबलमा भद्रगोलसम्म (भिडियो बुलेटिन)

भोटोजात्रा नहुनेदेखि राष्ट्रिय खेल भलिबलमा भद्रगोलसम्म (भिडियो बुलेटिन)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ ।

विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको संगठन जि २० का विदेशमन्त्रीहरुले आफ्ना सीमाहरुलाई खुला गर्नुपर्ने बताएका छन् । विश्वमा कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक मन्दीको परिस्थितिलाई विचार गरेर जि २० मा आबद्ध देशहरुले आफ्ना सिमानाहरु खोल्नुपर्ने बताएका हुन् ।

यस्तै निजी ल्यावमा कोरोना परीक्षण गराई पोजेटिभ देखिए बीमा कम्पनीहरुले दावी भुक्तानी नगर्ने भएका छन् । पछिल्लो समय खुलेका निजी ल्यावहरुले बदमासी गरेर नेगेटिभ देखिएका बिरामीहरुलाई पनि पोजेटिभ भएको भन्दै रिपोर्ट बुझाएर भुक्तानी दाबी गरेको पाइएको भन्दै बीमा समितिले अंकुश लगाएको हो ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड)नेतृत्वको सरकारले भलिबल खेललाई २०७४ जेठ ८ गते राष्ट्रिय स्तरको खेलको मान्यता दिएको थियो । राष्ट्रिय स्तरको खेलको मान्यता पाए पनि भलिबल खेलको प्रशिक्षणका लागि आफ्नै पुर्वाधार भने छैन । यस सम्बन्धमा नेपाल भलिबल संघले जग्गा खोजिरहेको बताए पनि अझै सम्म कुनै टुङ्गो छैन । त्यसैले राष्ट्रिय स्तरको भलिबल खेलको ओझ झुकिरहेको छ ।


ललितपूरको पुल्चोक स्थित निषेधाज्ञाकाबीच बिहीबार स्थानियले रातो मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रशासनले अवरोध गरेको थियो । प्रशासनसँग असन्तुष्ट स्थानिय र प्रहरीबीच ठुलै झडप भयो । त्यसको प्रभावका कारण प्रशासनले आज ललितपुर महानगरपालिका क्षेत्रको रिङरोड भित्र विहान ४ देखि राति १० बजेसम्म कर्फ्यु जारी गरेका छ । यसैबीच रोकिएको रातो मछिन्द्रनाथ रथयात्राको शुक्रबार क्षमा पूजा सम्पन्न भएको छ ।

सत्तारुढ दल नेकपाको बिहिवार बसेको सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेसँगै अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् ।

Logo