माओवादी केन्द्रीय समिति बैठक शुक्रबार भर्चुअल रुपमा बस्ने

माओवादी केन्द्रीय समिति बैठक शुक्रबार भर्चुअल रुपमा बस्ने


नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भर्चुअल मार्फत बस्ने भएको छ । स्थानीय तहको निर्वाचन सकिएपछि पहिलोपटक शुक्रबार भर्चुअल मार्फत केन्द्रीय समिति बैठक बस्न लागेको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए । शुक्रबार बेलुका ६ बजे एजेण्डासहित आ–आफ्नो ठाउँमा भर्चुअल बैठक बस्ने भएको हो । 

बैठकमा कुन-कुन एजेण्डा समावेश गर्ने भन्ने विषयमा केन्द्रीय सदस्यलाई उपलब्ध नगराएको सापकोटाले बताए । तर नेताहरुले स्थानीय तह निर्वाचन समीक्षा, केन्द्रीय समितिको पूर्णता र एमसीसीको  विषयमा छलफल हुने बताएका छन् । 

Logo