#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33019555997653766308624358816
नेपाल718214671834153013

बाबुराम चिप्लिएपछि जनताको प्रश्न- ‘तपाई ल्यापटप लिने कि नलिने ?’

फाइल फोटो

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले पछिल्लो समय संचारमाध्यममा आएको समाचारहरुमाथि सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै आएका छन्।  यसैक्रममा आज नेता भट्टराईले सांसदलाई ल्यापटप दिने प्रस्ताव सुनेर आफू लज्जित भएको बताएका छन् ।

उनले शनिबार ट्वीट गर्दै भनेका छन्, ‘फेरि सांसदलाई ल्यापटप भन्ने अर्को हास्यास्पद प्रस्ताव ल्याइएको सुन्नुपर्दा लज्जित छु । निजी उपभोगका साधन कसैलाई सार्वजनिक कोषबाट वितरण गर्नु नैतिक अपराध त हुँदै हो, सभ्य समाज र लोकतन्त्रमा कानुनी अपराध पनि हुनुपर्ने हो !’ उनले प्रश्न गरेका छन्, ‘के हामी लोकतन्त्रलाई बदनाम गर्ने र हत्या गर्ने दिशामा जाँदैछौं ?’

अनौठो त के भने उनले सरकारी योजनाको विरोध गरे पनि आफुले ल्यापटप नलिने उद्घोष भने गरेनन । त्यसैकारण उनीमाथि प्रश्न ओइरिएको छ। उनको ट्वीटमा प्रतिक्रिया दिंदै केहीले उनीमाथि नै शंका व्यक्त गरेका छन्। ‘सबै मतियार भोलि संसद भवनमा सबैभन्दा पहिला २०७२ सालको भुकम्पमा पिडितलाई बाड्ने जस्तापाता काङ्ग्रेसीले उठाए झै यो ल्यापटप उठाउने डा. साब नै हुनुहुनेछ ।’ डा. एलिया अर्यालले लेखेकी छन्।त्यस्तै एलाइट आकाश नाम गरेका व्यक्तिले लेखेका छन्, ‘म लिन्न भन्न सक्नुहुन्छ ?’ त्यस्तै यम बमले लेखेका छन्, ‘डा. साबले ल्यापटप अस्वीकार गर्नुहुने भाे त्यसाे भा ।’

उनको ट्वीटमा प्रतिक्रिया दिने केहीले भट्टराईको सकारात्मक सोच भनेका छन् भने कतिपयले उनलाई बोली जस्तै ब्यबहार होस् भनेर सुझाएका छन्। ‘कुरा जस्तै ब्यावहार पनि त्यस्तै हाेस डा. सापकाे ‘ थानेश्वर पोखरेलले लेखेका छन्।

डा. भट्टराईलाई समर्थन गर्दै ओभर ब्रिज नामक प्रयोगकर्ताले लेखेका छन्, ‘कृतिम हो या प्राक्रितिक, डा. सापको बिचार मन परो आज आएर ! अनि कुनै दरिद्र सभासद जो ल्यापटप चाहान्छ तर राज्यकोषबाट भने म एकजना दरिद्र सभासदको लागि एऊटा ल्यापटप दान दिन चाहान्छु।  डेल र सोनि दुईवटा छ म संग, अरबमा पसिनासंग साटेर ल्याको हो । दान लिन चाहाने सभासद झापाको कमल गापा आउनपर्छ।’

 

सम्बन्धित समाचारहरु