२९ जेठमा जिसस जुम्लाको निर्वाचन तय, कुनै दलको छैन एकल बहुमत

२९ जेठमा जिसस जुम्लाको निर्वाचन तय, कुनै दलको छैन एकल बहुमत


जिल्ला समन्वय समिति (जिसस) जुम्लाको निर्वाचन यही जेठ २९ गते हुने भएको छ । जिल्ला न्यायाधीशसमेत रहेका मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिसकिने बताए । 

२४ गते भने उम्मेदवारी गर्दा र २७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने पनि जानकारी दिएका छन् ।  प्रमुख र उपप्रमुखसहित नौ सदस्यीय समन्वय समितिका लागि निर्वाचन हुनेछ । 

मतदान भने जिल्लाका आठ वटा स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षले गर्न पाउनेछन् । उनीहरूको सङ्ख्या १६ छ । 

सर्वाधिक नेपाली कांग्रेसको पाँच अध्यक्ष र दुई उपाध्यसँगै एक उपप्रमुख गरी आठ जना छन् । 

नेकपा (माओवादी केन्द्र)का दुई अध्यक्ष र चार जना उपाध्यक्ष तथा नेकपा (एकीकृत समाजवादी)का एक नगरप्रमुख र एक जना उपाध्यक्ष रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । 

सामान्य बहुमतले समन्वय समिति गठन गर्न नौ मत चाहिन्छ । तर, कुनै दलको छैन ।  कांग्रेसलाई एकल रूपले समन्वय समिति गठन गर्न एक मत अभाव छ । माओवादीलाई तीन मत आवश्यक छ । 

त्यसो हुँदा कसरी समन्वय समिति गठन हुन्छ ? यसै भन्न सकिने अवस्था छैन । तर, यदि तालमेल भए कांग्रेसले समन्वय समिति प्रमुख पद लिने चर्चा छ । 

यसअघि २०७४ को निर्वाचनमा समन्वय प्रमुख माओवादी केन्द्रका लालबहादुर सार्की र उपप्रमुखमा काँग्रेसका कार्मा बुढा रहेका थिए ।

Logo