मोटरसाइकल दुर्घटना हुँदा दाङमा चालकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दाङमा चालकको मृत्यु


दाङको घोराही उपमहानगरपालिका–४ सोनपुर चोकमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सोही उपमहानगरपालिका–२ का २७ वर्षीय गोविन्द रेग्मी रहेका छन्। 

दुर्घटनामा गम्भिर घाइते भएका रेग्मीको उपचारको क्रममा घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। रेग्मीले चलाएको रा ४ प ७२११ नम्बरको मोटरसाइकल आज बिहान सवा ४ बजे नियन्त्रण गुमाएर पल्टिएको प्रहरीले जनाएको छ। 

Logo