सरकारले खेलाडीहरुको संरक्षण र विकासका लागि खेलकुद बीमाको अवधारणा विकास गर्ने

सरकारले खेलाडीहरुको संरक्षण र विकासका लागि खेलकुद बीमाको अवधारणा विकास गर्ने


आगामी आर्थिक वर्ष देखि सरकारले खेलाडीहरुको संरक्षण र विकासका लागि खेलकुद बीमाको अवधारणा विकास गर्ने भएको छ । मंगलबार प्रतिनिधि सभाको विनियोजित बजेटमा उठेका मन्त्रालय अन्तर्गतको युवा तथा खेलकुद मन्त्रीको तर्फबाट जवाफ दिँदै  मन्त्री देवेन्द्र पौडेलले यस्तो बताएका हुन । 
उनले आगामी आर्थिक वर्षमा खेलाडीहरुको लागि खेलाडी बीमा अन्तर्गत खेलाडी जीवन बीमा, खेलाडी तथा स्वास्थ्य प्रशिक्षण बीमा, खेलाडी तथा प्रशिक्षण आकास्मिक बीमाको व्यवस्था गरेको बताए । मन्त्री पौडेलले खेलाडीहरुको प्रोत्साहनको लागि खेलाडी भत्ता, उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार सहित समानको व्यवस्था पनि गरिएको बताए । उनले आगामी आर्थिक वर्षमा १ सय ७१ वटा पालिकामा नै बजेटको व्यवस्था गरि खेलपूर्वाधार निर्माण गर्ने योजना सरकारको रहेको  बताए ।
मन्त्री पौडेलले  खेलकुद र खेलाडीहरुको विकास विद्यालय तह देखि गर्ने उदेश्यले आगामी आर्थिक वर्षबाट नमुनाका रुपमा एक विद्यालय एक खेल मैदानको व्यवस्था गर्ने बताए ।

Logo