एनबीए फाइनल्सको उपाधि गोल्डेन स्टेटलाई

एनबीए फाइनल्सको उपाधि गोल्डेन स्टेटलाई


बोस्टन सेल्टिकलाई हराउदै गोल्डेन स्टेट वारियरले चौथो एनबिए उपाधि हात पारेको छ । आफ्नो आठ वर्षे यात्रामा चौथो एनबिए उपाधि हात पारेको गोल्डेन स्टेटले सन् २०१५, २०१७ र २०१८ को उपाधि जितेको थियो ।
बोस्टनको टीडी गार्डेनमा भएको खेलमा स्टिफन करीको उत्कृष्ट प्रदर्शनमा गोल्डेन स्टेटले बोस्टनलाई  १०३–९० को अन्तरले पराजित ग¥यो । सुरुवातमा बोस्टनले १४–२ को अग्रता बनाएपनि त्यसलाई जोगाउन भने सकेन् । मध्यान्तरसम्ममा आउदा गोल्डेन स्टेट ५४–२५ ले अघि बढिसकेको थियो । जारी सिजन दुई पटक मोस्ट भ्याल्यूएबल प्लेयर (एमभिपि)को अवार्ड जितेका स्टीफन करीले फाइनल खेलमा पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिदै  एमभिपिको अवार्ड जितेका थिए ।

 

Logo