ट्रक दुर्घटना हुँदा सुर्खेतमा दुई जनाको मृत्यु

ट्रक दुर्घटना हुँदा सुर्खेतमा दुई जनाको मृत्यु


ट्रक दुर्घटना हुँदा सुर्खेतमा दुई जनाको मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोलामा ना ४ ख ९७६१ नम्बरको ट्रक शनिबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको  छ । 
मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–११, रुकुम पश्चिमका २४ वर्षीय भीमबहादुर नेपाली र नलगाढ नगरपालिका–१२ जाजरकोटका २४ वर्षीय मिलन गुरूङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । भीमबहादुर सो ट्रकका चालक हुन् ।
कार्कीका अनुसार ट्रक सडकभन्दा ५० मिटर तल खसेको थियो । दुई जना ट्रकमुनि च्यापिएको अवस्थामा फेला पारेपछि प्रहरीले क्रेनबाट शव निकालेको थियो ।
 
 

Logo