सिद्धार्थ बैंकले ल्यायो सहुलियत शैक्षिक कर्जा योजना

सिद्धार्थ बैंक लिमिटेडले ‘सिद्धार्थ उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा’ योजना ल्याएको छ ।

बैंकले स्वदेशमा नै उच्च शिक्षा हासिल गरी उद्यमी बन्न चाहने, न्युन आर्थिक अवस्था भएका, सीमान्तकृत तथा विपन्न वर्गका विद्यार्थीहरुलाई लक्षित गर्दै सहुलियत योजना ल्याएको जनाएको छ ।

यो कर्जाको कार्यान्वयनको लागि सिद्धार्थ बैंक लिमिटेड र कलेज अफ अप्लाइड फूड एण्ड डेरि टेक्नोलोजि (CAFODAT) कलेजबीच बैंकिङ सम्झौता भएको छ । ‘यस सम्झौता अनुसार काठमाडौंस्थित मिनभवनमा रहेको उक्त कलेजमा फूड तथा डेरि टेक्नोलोनीमा स्नातक तथा स्नातकोत्तर गर्न चाहने विद्यार्थीहरुलाई बैंकले कुनै अन्य शुल्क नलाग्ने गरी आधार दरमा २ प्रतिशत मात्र प्रिमियम जोडि हुन आउने व्याज दरमा शैक्षिक कर्जा प्रवाह गरिनेछ ।’ बिज्ञप्तिमा उल्लेख छ।

नेपाल राष्ट्र बैंकको ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५’ अनुसार सहुलियत योजना ल्याएको बैंकले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।  उच्च शिक्षा हासिल गर्दै स्वदेशमै शिक्षा तथा रोजगारीमा प्रोत्साहन गर्न यस्तो प्रकारको कर्जा सुविधा बैंकको सबै शाखाहरु मार्फत उपलव्ध गराउने भएको छ ।

बैंकको चुक्ता पुँजी ८ अर्ब अठ्ठासी करोड रहेको छ भने कुल निक्षेप एक खर्ब चौध अर्ब र कर्जा रएक खर्ब सात अर्ब पुगेको छ । बैंकले १५६ शाखा, १ सय शाखा रहित बैंकिङ्ग, ९४ वटा एक्स्टेनसन काउन्टर सहित तथा १ सय ६९ एटिएमहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।