अर्घाखाँचीमा जीप दुर्घटना: १ को मृत्यु, २ घाइते
File Photo

अर्घाखाँचीको सन्धिखर्क १० पोखेडाँडामा जीप दुर्घटना भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा सन्धिखर्क–९ नौलापानीका ७० वर्षीय बोमबहादुर खत्री रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक मालारानी–७ बामरुकका ३५ वर्षीय बिष्णु बस्नेत र सन्धिखर्क–९ का २० वर्षीय अनिल जीसी घाइते भएका हुन् ।

नौलापानीबाट सन्धिखर्क आउँदै गरेको लु १ च ९४७७ नम्बरको जीप सन्धिखर्क १० पोखेडाँडाको ओरालोमा बिहीबार बिहान दुर्घटनामा परेको हो । घाईते दुबै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ ।