केन्द्रीय समिति बैठकमा भाग लिन माओवादी नेताहरू प्रज्ञा भवनमा

केन्द्रीय समिति बैठकमा भाग लिन माओवादी नेताहरू प्रज्ञा भवनमा


माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरु कमलादीस्थित प्रज्ञा भवन पुगेका छन् ।

आइतबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकले गत स्थानीय तहको निर्वाचनको समीक्षा, आगामी निर्वाचनको रणनीति र पदाधिकारी चयनबारे छलफल गर्नेछ । गत पुसमा सम्पन्न महाधिवेशनले १५ सदस्यीय पदाधिकारी गठन गर्ने निर्णय गरे पनि अझै पनि चयन हुन सकेका नसकिरहेको बेला केन्द्रीय समिति बैठक सुरु हुन लागेको हो ।

माओवादीमा कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत महासचिवको आकांक्षी छन् । राष्ट्रिय महाधिवेशन सम्पन्न भएको सात महिना बितिसक्दा पनि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन ।

Logo